नदी किनाराका अनधिकृत बसोबास हटाइने-Sutra News

नदी किनाराका अनधिकृत बसोबास हटाइने

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।



आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट