आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य-Sutra News

आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ।



अघिल्लो वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा आइतबार संसद्‌मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षणले असार मसान्तमसम्म गणना हुने चालु आर्थिक वर्षमा २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने देखाएको छ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा कोभिड महामारीका कारण आर्थिक बृद्धिदर ऋणात्मक देखिएको थियो। उक्त वर्ष आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको थियो।

आम्दानीमा आएको सीमितताबीच सरकारको यो वर्षको बजेट जनअपेक्षा सम्बोधन र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा समाधानमाा केन्द्रित गरिएको अर्थमन्त्री प्रकाश शरण महतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट