चेन्नईले जित्यो आइपिएलको उपाधि-Sutra News

चेन्नईले जित्यो आइपिएलको उपाधि

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सलेले जितेको छ ।



फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविसमा पाँच विकेटले पराजित गरेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।

जितको लागि १५ ओभरमा १७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । वर्षाको कारण पाँच ओभर घटाइएको थियो ।

यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट