जेठ २५ देखि काभ्रेपलान्चोकको भकुन्डेबेसीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण-Sutra News

जेठ २५ देखि काभ्रेपलान्चोकको भकुन्डेबेसीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ ।



गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा आयोजना भएको महोत्सव आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म चल्ने छ।

सोमबार महोत्सवको घोषणा गरिएको हो। महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले जानकारी दिएका छन्।

महोत्सवका लागि गत फागुनमा नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने फिल्म दर्ता खुल्ला गरिएको थियो ।

महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु प्रदर्शन गरिनेछ। महोत्सवमा उत्कृष्ट हुने सिनेमालाई अवार्ड प्रदान गरिनेछ।

‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुनेछ’, महोत्सव आयोजक सापकोटाले भने।

raghunatha sapkota

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट