यी अभिनेताको कडा मेहनत: ४ महिनासम्म १ गिलास दुध र एउटा खजुरको भर, घटाए २६ किलो तौल-Sutra News

यी अभिनेताको कडा मेहनत: ४ महिनासम्म १ गिलास दुध र एउटा खजुरको भर, घटाए २६ किलो तौल

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

रणदीप हुड्डा स्टारर ‘स्वतन्त्रय वीर सावरकर’ को टिजर रिलिज भएको छ। सार्वजनिक टिजरले हाल प्रशंसा बटुलिरहेको छ।



हुड्डा सिनेमाका निर्देशकसमेत हुन् उनले आफ्नो शरिरलाई सिनेमाको पात्र सुहाउँदो बनाएका छन्।

यसका लागि उनले गरेको मेहेनत कम छैन।

करिब ४ महिनासम्म कठोर खानपानमा बसेर उनले आफ्नो शरिरलाई भूमिका अनुसारमा ढालेका हुन्।

सिनेमाका लागि उनले आफ्नो तौल २६ किलो घटाएका छन्। यसका लागि उनले पछ्याएको खानपिन तालिका असाध्य कठिन छ।

आफ्नो तौल २६ किलो कम गर्न उनले ४ महिनासम्म लगातार १ गिलास दुधको साथमा एउटा खजुरमात्र खाएका थिए। योसँगै सिनेमाकै लागि उनले आफ्नो कपालसमेत खौरिए।

उनको यो मेहेनत टिजरमा त राम्रो दौखिएको छ भने पूरा फिल्ममा उनको यो मेहेनत कस्तो दीखुनेछ, यसका लागि रिलिज नै कुर्नुपर्ने छ।

यो सिनेमा यसै वर्षको सेप्टेम्बरमा रिलिज हुनेछ।

https://www.youtube.com/watch?v=rGGXejre0MY

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट