एकैदिन तोलामा २ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य-Sutra News

एकैदिन तोलामा २ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०
मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ७  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट