अस्पतालमा आगलागी हुँदा ३ जनाको मृत्यु-Sutra News

अस्पतालमा आगलागी हुँदा ३ जनाको मृत्यु

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०
अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।
लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्दै अस्पतालका प्रवक्ताले १७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो ।
घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट