पार्टीलाई वैचारिक र साङ्गठनिक दृष्टिले नयाँ बनाउने चुनौती छ : प्रधानमन्त्री-Sutra News

पार्टीलाई वैचारिक र साङ्गठनिक दृष्टिले नयाँ बनाउने चुनौती छ : प्रधानमन्त्री

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनैतिक, वैचारिक, साङ्गठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष् कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा रहनुभएका कमरेडहरूलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन,’ उनले भने ।
अध्यक्ष प्रचण्डले  पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन बिचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।
प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरू सरकारको नेतृत्वमा आएको स्पष्ट गरे ।
उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’ प्रधानमन्त्रीले विगतका अनुभवका आधारमा यस पटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताए ।
प्रधानमन्त्रीले बुधबारदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । उनले भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने आफूले चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट