मंगलबार शेयर बजारमा ५३ अङ्कको पहिरो-Sutra News

मंगलबार शेयर बजारमा ५३ अङ्कको पहिरो

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार शेयर बजारमा पहिरो गएको छ । शेयर बजार आज मङ्गलवार ५३.१६ अङ्कले घटेर १८८८ दशमलव ६१ विन्दुमा झरेको छ ।



सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बीमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज २७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट