नेकपा एमालेका नेता भीम रावलले भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा राखेको नक्साप्रति आपत्ति जनाएका छन् । आइबार भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेर नक्सा बनाएपछि रावलले आपत्ति जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कुनै बेलाको इतिहास र भनाइको आधारमा नेपालले पनि सुगौली सन्धि अघिको विशाल नेपालको नक्सा नेपालको संसदमा राखिए भारको सहमति हुन्छ कि हुन्न ।’
सन् १९५० जुलाई ३१ को नेपाल-भारत सन्धिले नेपालको विशाल भूमि गुमेको थियो । नेता रावलले प्रधानमन्त्रीलाई भ्रमणको बेला विषय उठाउन आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्