विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधिपछि सन्न्यास नलिने बताएका छन् । सन् २०२३ को उपाधि चेन्नई सुपर किंग्सलाई जिताएका उनले अर्को वर्ष पनि खेल्ने बताएका छन् ।
सोमबार राति गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गरेपछि धोनीले आफ्नो सन्न्यासबारे बताएका हुन् ।
धोनीले सन्न्यास लिने यो उत्कृष्ट समय भए पनि दर्शकले देखाएको अदभूत मायाको कारण अर्को वर्ष अन्तिम पटक खेल्ने प्रयास गर्ने बताएका छन् । ४२ वर्षीय धोनीले आइपिएल सुरुवात २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन् ।
चेन्नईले २०१०, २०११, २०१८,२०२१ र २०२३ मा गरी पाँच पटक उपाधि जितेको छ । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्