रेशमको आममाफीविरुद्धको रिट सर्वोच्चमा दर्ता-Sutra News

रेशमको आममाफीविरुद्धको रिट सर्वोच्चमा दर्ता

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।



टीकापुर हत्याकान्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नीले रेशम चौधरीलाई दिइएको आममाफीको निर्णय विरुद्ध दिएको रिट दर्ता भएको हो।

तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमती शारदा कडायतले आइतबार दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो।

सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।

माफी पाएर चौधरी सोमबार जेलमुक्त भइसकेका छन् ।

चौधरीलाई टिकापुर हत्याकाण्डको मुख्य योजनाकारका रुपमा तीनवटै तहका अदातलले दोषी ठहर गरेका थिए।

रिटमा भोलि सुनुवाइ हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट