वैदेशिक रोजगारीका लागि सर्बिया जाँदा मासिक एक लाखसम्म पारिश्रमिक पाइने लोभ देखाएर ४ जनालाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले ४ जनाबाट १२ लाख ठगी गरेको आरोमा निरोज बुढाथोकीलाई सोमबार सिनामंगलबाट पक्राउ गरेको हो । हरिवन नगरपालिका-५ घर भई तीनकुने बस्ने बुढाथोकीले सर्बिया जान साढे ५ लाख लाग्ने र मासिक एक लाख कमाइ हुने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितहरूबाट १२ लाख लिई लामो समयदेखि फरार रहेका बुढाथोकीलाई पक्राउ गरी कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौं उपत्यका उपराध अनुसन्धान कार्यालयले जनाएको छ ।