इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले प्रयोगकर्तामैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ।
क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै पछिल्लो समय गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा आउटले विस्तार गरेको छ ।
ग्राहकलाई अझै गुणस्तर सेवा प्रधान गर्ने उद्देश्यका साथ आउटलेट विस्तारलाई तीव्र बनाएको हो । योसँगै देशभर कम्पनीको आउटलेट संख्या १०४ पुगेको कम्पनीको भनाइ छ।
ग्राहकहरूले अफिस भिजिट नै नगरी क्लासिक टेक एपमार्फत फोनबाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायत अरू सुविधाहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूका लागि सुरक्षित भुक्तानी सुनिश्चित गर्न कम्पनीले इ–सेवा, फोन पे, प्रभु पे, माइ पे, आइएमई पे, नेपाल पे, कनेक्ट आइपिएस लगायत डेभिट तथा क्रेडिट कार्ड जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेको बताएको छ।