भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् ।
सम्मानित हुनेहरूमा पत्रकार सरोज ओझा, गायक एवम् सङ्गीतकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशीला थापा रहेका छन् ।
उनीहरूलाई विश्व मानव अधिकार परिषद्ले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभा हलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत विभिन्न मुलुकका नागरिकहरूलाई सम्मान प्रदान गरिएको थियो।
उनीहरूलाई भारतीय टेलिभिजन कलाकार रेखा शर्मा, सामाजिक अभियन्ता एवम् कलाकार ममता राजपूत, टप न्युजकी निधी सिंहलगायतले सम्मान र अवार्ड प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्