वैदेशिक रोजगारीका लागि फ्रान्स जाँदा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ भन्दै ४० लाख ठगी गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ५० वर्षीय सुरेश पाख्रिन रहेका छन् ।
पाख्रिनले फूर्पा शेर्पासहित ४ जनालाई फ्रान्समा १ लाख रुपैयाँ तलब हुन्छ, जान १७ लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ १६ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो ।
कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।