काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) प्रतिवेदनका मुद्दाहरूलाई समाधान गर्न सुझाव दिएका छन्।
सन् १९५० को नेपाल-भारत सन्धी परिमार्जनलगायतका महत्वपूर्ण बुँदामा सहमति जुटाएर तयार पारिएको ‘ईपीजी’ प्रतिवेदन स्वीकार गरेर वा अर्को ईपजी तयार गरेर समस्या समाधानका लागि दुवै पक्षले समाधानका लागि संकल्प गर्नुपर्ने बताएका छन्।
ईपीजीले ९ वटा बैठक बसेर ५ वर्षअघि नै सन् १९५० को नेपाल-भारतको सन्धी परिमार्जनलगायतका महत्वपूर्ण बूँदामा सहमति जुटाएर प्रततिवेदन तयार पारेको थियो। तर अझै पनि भारतले उक्त प्रतिवेदन बुझेको छैन।
दुई छिमेकी मुलुकको राजनैतिक आकाशमा मडारिएको आपसी आशंकाको बादल हटाएउनेगरी दुई प्रधानमन्त्रीबीच वन-टू-वन बैठकमा खुलेर कुरा गर्नु उचित हुने उनले बताएका छन्।
उनले भनेका छन्, ‘अन्यथा यो भ्रमण हिन्दू देवताहरूलाई खुसी पार्न अर्को ‘चारधाम यात्रा’ मात्र हुन सक्छ!’
The upcoming visit of @PM_nepal_ to India would be meaningful if it removes the cloud of mutual suspicion hovering over the political sky of the two close neighbors for some time. The best way forward would be for the two PMs in the one-on-one meeting to open their hearts,as both…
— Baburam Bhattarai (@brb1954) May 31, 2023