सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकैदिन ह्वात्तै बढेको छ ।
आज तोलामै एक हजार ५०० रुपैयाँ सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।