रिलिज अगाडि नै प्रभासको ‘आदिपुरुष’ले कसरी कमायो ४ सय २० करोड ?-Sutra News

रिलिज अगाडि नै प्रभासको ‘आदिपुरुष’ले कसरी कमायो ४ सय २० करोड ?

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

रिलिजको क्रममा रहेको प्रभाष तथा कृति सेनन स्टारर ‘आदिपुरुष’ले रिलिज अगावै ४ सय २० करोड भारुको कमाइ गरेको भारतीय संचारमध्यमहरुले जनाएका छन्।



मिडिया रिपोट्सका अनुसार थिएट्रिकल रिलिजबाट सिनेमाले १७० करोड भारु कमाइसकेको छ।

यो केबल दुईराज्यमा बेचिए बापतको कमाइ हो। त्यस्तै सिनेमाको सम्पूर्ण डिजिटल राइटका लागि २ सय ५० करोड भारुमा सम्झौता भइसकेको छ।

सिनेमालाई डिजिटल प्लेलफर्ममा नेटफ्लिक्सले रिलिज गर्नेछ ।

१६ जुनमा रिलिज हुने सिनेमामा प्रभाष र कृतिका अलावा सैफअलि खान मुख्य भूमिकामा रहेका छन्।

पहिलो टिजर रिलिज लग्त्तै भिएफएक्सका लागि ट्रोल भएको सिनेमाले रामायणको कथा पेस गर्छ। पछिल्लो समय भारतीय जनता पार्टी सत्ता आएसँगै हिन्दू धर्मसँग सम्बन्धित सिनेमाहरु बन्ने क्रम भारतमा बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट