भारतीय राज्यमन्त्री लेखीद्वारा प्रधानमन्त्री प्रचण्डको स्वागत-Sutra News

भारतीय राज्यमन्त्री लेखीद्वारा प्रधानमन्त्री प्रचण्डको स्वागत

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।



नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपराह्न अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यपालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट