दयाको ‘नाङ्गो गाउँ’को अमेरिका र क्यानडामा ४०० भन्दा बढी शो हुँदै-Sutra News

दयाको ‘नाङ्गो गाउँ’को अमेरिका र क्यानडामा ४०० भन्दा बढी शो हुँदै

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

भदौ २९ गते रिलिज हुने ‘नाङ्गो गाउँ’ले आफ्नो अमेरिकामा ४ बढि शो हुन लागेको सार्वजनिक गरेको छ।



सिनेमाका निर्देशक दिपेन्द्र लामाले आफ्नो फेसबुकमार्फत यसको जानकारी दिएका हुन्।

उनको सिनेमाको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार नेपाल इलेभेन इन्टरटेनमेन्टले किनेको हो। लामाले अमेरिका तथा क्यानडाका २२ बढि राज्यका ५० बढी शहरमा सिनेमा प्रदर्शन हुने दाबी आफ्नो स्टासमा गरेका छन्।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, कर्म, साम्राज्ञी, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको मुख्य भूमिका रहेको छ।

यस्तो छ लामाले लेखेको स्टाटस्-

अमेरिकामा हाम्रो चलचित्र ‘नाङ्गो गाउँ’को ४ सयभन्दा बढी शो हुने भएको छ ।

यस चलचित्रको अमेरिका तथा क्यानडा राइट्स नेपाल इलेभेन इन्टरटेनमेन्टले किनेको हो । अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० भन्दा बढी शहरमा चलचित्र प्रदर्शन गरिनेछ ।

दयाहाङ राई, मिरुना मगर, कर्म, साम्राज्ञी, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको मुख्य भूमिका रहेको ‘नाङ्गो गाउँ’को रिलिज भदौ २९ गते विश्वव्यापी रूपमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट