कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा-Sutra News

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मन्त्रीबाट राजीनामा दिएकी छन् ।



बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् ।

कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट