आफ्नो चार दिने भारत भ्रमणको सिलसिलमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
दाहाललाई त्यहाँ मोदी सरकारकी केन्द्रिय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
आफ्नो चारदिने भ्रमणमा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीबार हैदराबाद हाउसमा भेट्ने कार्यक्रम छ। द्विपक्षीय भेटपछि दुबैजनाले संयूक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
दिल्लीको राजनीतिक भेटघाटपछि प्रचण्ड मध्यप्रदेशको उज्जैन जानेछन्।
जेठ २० गते उनी नेपाल फर्किनेछन्। यसबीच केही समझौताहरु हुने बताइएको छ।
तस्विरहरुः प्रदिपराज वन्त