प्रचण्डको भारत भ्रमणमा नेपाली निर्देशकको असन्तुष्टि, सोधे-यस्तो स्वागतले नेपालको छवि कस्तो भयो?-Sutra News

प्रचण्डको भारत भ्रमणमा नेपाली निर्देशकको असन्तुष्टि, सोधे-यस्तो स्वागतले नेपालको छवि कस्तो भयो?

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चार दिने भ्रमणका क्रममा भारत पुगेका छन्।



भारत उड्नुअघि विवादास्पद नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी गराएर भारत प्रस्थान गरेका प्रचण्डको भारतमा राज्यमन्त्री स्तरमा भएको स्वागत शैलीको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ।

प्रचण्डलाई भारतको राजधानी नयाँ दिल्लीमा मोदी सरकारमा राज्यमन्त्री रहेकी मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

प्रचण्डलाई त्यहाँ नर्तकीहरुले शास्त्रीय नृत्य गर्दै स्वागत गरेका थिए। गनलाई गरिएको स्वागत चर्चित नेपाली निर्देशक दीपेन्द्र के खनालले स्टाटसमार्फत आलोचना गरेका छन्।

उनले स्वागत शैलीबाट नेपालको छवि हविगतका बारेमा प्रश्न गरेका छन्।

‘नेपालको छवि कस्तो भयो भन्ने कुराको ज्वलन्त उदाहरण । बाटोमा २ वटा कार्पेट बिछ्याएर ५ जनाले स्वागत !’, उनले तस्विर राख्दै आफ्नो फेसबुकमा राखेका छन्।

नेपाली सिनेक्षेत्र हालै सार्वजनिक भएको बजेटबाट आफूहरुको उचित सम्बोधन नभएलप भन्दै नेपाल सरकारसँग असन्तुष्ट बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट