२६१ जना किशोरी बेचिनबाट जोगिए-Sutra News

२६१ जना किशोरी बेचिनबाट जोगिए

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सीमा नाकाबाट मानव बेचविखनबाट जोगाएर २६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।



संस्थाको आर्थिक वर्ष २०७९/०८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँच हजार २४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।

संस्थाले नेपाल भारतका तीन वटा सीमा नाका काँकरभित्ता, विराटनगर र भद्रपुरमा तीन वटा सीमा नाकाबाट मानव बेचविखनको सम्भावना भएका किरोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।

संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट