अमिताभ बच्चन निःसन्देह बलिउडका स्टार हुन्।
उनले आफ्नो करियरमा शानदार सिनेमाहरु दर्शकलाई दिएका छन्। उनी आफ्नो फरक अभिनयका लागि परिचित छन्।
तर तपाईंहरुलाई थाहा छ अमिताभलाई मेगास्टार बनाउने मध्येका कतिपय सिनेमा हलिउडबाट नक्कल गरिएका ‘कपी’ सिनेमा हुन्।
ती मध्येका केही सिनेमाको सूचि यस्तो छः
ब्ल्याकः
अमिताभको मुख्य भूमिका रहेको यो सिनेमा सन् २००५ मा रिलिज भएको थियो। सिनेमा अमिताभका अलवा रानी मुखर्जी प्रमुख भूमिकामा थिइन्। यो सिनेमा ‘द मिरेकल वर्कर’को रिमेक थियो। हिन्दीमा पनि यो सिनेमा शानदार बन्यो। यसले ११ वटा फिल्मफेयरसहित कयौं सिने अवार्ड र पुरस्कार जित्न सफल भएको थियो।
काँटेः
यो चर्चित हलिउड सिनेमा ‘रिजर्ववायर डग्स’को रिमेक हो। सिनेमामा अमिताभका अलावा संजय दत्त, कुमार गौरव र सुनिल शेट्टी आदिको मुख्य भूमिका रहेको छ। बलिउडमा पनि यसलाई पावर प्याक सिनेमा मानिन्छ।
सरकारः
तीन भागमा बनेको यो सिनेमा हलिउड क्लासिक कल्ट सिनेमा ‘द गडफादर’ सिरिजको रिमेक हो। हिन्दीमा यसलाई रामगोपाल वर्माले निर्देशन गरेका थिए। यो सिनेमा पनि बलिउडको शानदार सिनेमाको सूचिमा पर्छ। सिनेमामा अमिताभसँगै छोरा अभिषेक बच्चनले पनि अभिनय गरेका छन्।
शोलेः
बलिउडको सदाबहार सिनेमाका रुपमा स्मरणीय यो सिनेमा’द म्यागनिसिफेन्ट सेभेन’को रिमेक हो। बलिउडको सदसबहार सिनेमाको सूचिमा पर्ने यो सिनेमाले अमिताभलाई मात्र होइन यसका लेखक सलिम-जाबेदको जोडीलाई पनि स्टार बनाएको थियो। यो सिनेमापछि मात्र पोस्टरमा लेखकको नाम लेख्न थालिएको थियो। यो सिनेमाका हर पात्र दर्शकका लागि स्मरणीय छन्, चाहे त्यो जय-विरु हुन् या त गब्बर सिंह, सूरमा भोपाली या बसन्ती।
अग्नीपथः
रिलिजपछि सुपरफल्प सूचिमा परेको यो सिनेमा पछि भने बलिउडको कोशेढूंगा सिनेमाका रुपमा स्मरणीय छ। यही सिनेमाबाट अमिताभ बच्चनले सर्वश्रेष्ठ अभिनेताका रुपमा पहिलो राष्ट्रिय अवार्ड प्राप्त गरेका थिए। यो सिनेमालाई आफ्नो समयभन्दा अगाडिको सिनेमाका रुपमासमेत चित्रित गरिन्छ। मुम्बईका चर्चित ग्याङ्स्टर मान्य सुर्वेबाट प्रभावित मानिएको विजय दिनानाथ चौहान पात्रमा अमिताभले धेरै प्रशंसा बटुलेका थिए। पछि यो सिनेमालाई करण जोहरले समेत रिमेक गरे जसमा ऋतिक रोशनको प्रमुख भूमिका थियो।
सत्ते पे सत्ताः
अभिताभ बच्चन अभिनित यो मल्टिस्टारर सिनेमा हो। सिनेमाले सार दाजुभाइको कथा पेस गर्छ। यो सिनेमा हलिउड सिनेमा ‘सेभेन ब्राइड्स फर सेभेन ब्रदर’बाट प्रेरित थियो। यो रिमेक बलिउडमा समेत सुपरहिट सावित भयो।