अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै यसरी पछारिए (भिडियोसहित)-Sutra News

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै यसरी पछारिए (भिडियोसहित)

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एक कार्यक्रमस्थलमै लडेका छन् । एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएकाे छ ।



ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गर्दै राष्ट्रपति बाइडेज ठिक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेका छन् ।

८० वर्षीय बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् ।

>

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट