उपेन्द्र यादवकाे दाबी : देश जसपाको एजेन्डामा अगाडि बढिरहेको छ-Sutra News

उपेन्द्र यादवकाे दाबी : देश जसपाको एजेन्डामा अगाडि बढिरहेको छ

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेन्डामा अगाडि बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे ।



सुनसरीको सदरमुकाम इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए ।

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उनले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट