सुनकोशीमा गाडी खस्यो, सिटिइभिटीका २ निर्देशक र प्राविधिक अधिकृत बेपत्ता, चालक पौडिएर निस्कन सफल-Sutra News

सुनकोशीमा गाडी खस्यो, सिटिइभिटीका २ निर्देशक र प्राविधिक अधिकृत बेपत्ता, चालक पौडिएर निस्कन सफल

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

प्राविधिक तालिम केन्द्र(सिटिईभिटी)को कर्मचार सवार स्कारपियो गाडी सुनकोशी नदीमा खसेको छ।



गाडी मध्यपहाडी लोकमार्ग अन्तरगत घुर्मी-खुर्कोट सडकखण्डको लौकुनबाट सुनकोशीमा खसेको हो।

घटनामा तीन जना कर्मचारी बेपत्ता भएको जानकारी प्रहरीले दिएको छ।

गाडीका चालक कृष्ण बहादुर चौधरी भने पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् ।

हाल उनीहरुको प्रहरीले र स्थानीयले खोजी गरिरहेका छन्।

गाडी भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको थियो। बा १ झ ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट