एनएमबि बैंकबाट लुटिएको खास रकम कति हो? चौथो दिनमा कहाँ पुग्यो अनुसन्धान?-Sutra News

एनएमबि बैंकबाट लुटिएको खास रकम कति हो? चौथो दिनमा कहाँ पुग्यो अनुसन्धान?

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा दिनदहाडै पेस्तोल देखाएर भएको लुटपाटमा संलग्न लाई प्रहरी तीन दिन बितिसक्दा अझै पक्राउ गर्न सकेको छैन्।



जिल्ला प्रहरी महोत्तरीले घटनालाई सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको र घटनामा संलग्न भनेर कसैलाई पनि हिरासतमा नलिएको बताएको छ।

यो सँगै प्रहरीले लुटेराहरुबाट लुटिएको रकम ३५ लाख नभई १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ भएको जानकारी प्रहरीले दिएको छ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी दिलिप गिरीले सूत्र न्यूजसँग कुरा गर्दै बैंकले आफ्नो हिसाब रुजु गर्दा लुटिएको रकम एकिन भएको हो।

प्रहरी चौकीबाट ७ सय मिटरमा रहेको एनएमबि बैंकमा चार जनाको हतियारधारी लुटेरा समूह मंगलबार दिउँसो १२:२५ बजेतीर बैंकका गार्ड पिसाब फेर्न गएको मौकामा बैंक प्रवेश गरेका थिए।

बैंक प्रवेश गरेका उनीहरुले सेवाग्राही तथा बैंकका कर्मचारीलाई हतियार देखाउँदै नियन्त्रणमा लिएका थिए।

बैंक लुट्दा भएको घटना क्रममा सिसिटिभीमा कैद भएको थियो।

सो भिडियोमा लुटेराहरुले ग्राहकलाई बन्दुक देखाउँदै नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरू काउन्टरभित्र प्रवेश गरेको देखिन्छ। लुटेरामध्येका एक लुटेराले ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको भिडियोमा देख्न सकिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ।

रकम लुटेपछि उनीहरु दुईवटा मोटरसाईकलमा दुईतीर भागेका थिए।

लुटपाटमा संलग्न ४ जना लुटेराहरुमध्ये दुई जना पर्सा तिर र दुई जना प्रकौलीतीर भागेका थिए।

डिएसपी गिरीले घटनाका संलग्नको व्यापक खोजी भइरहेको जानकारी दिए। उनले लुटेराहरु नेपालमै कतै लुकेर बसेको वा भारततर्फ भागेको हुनसक्ने सबै सम्भावनालाई ध्यानमा राख्दै अनुसन्धान भइरहेको बताए।

बैंक लुटपाट भएको स्थानबाट भारतीय सिमाना करिब ९-१० किलोमिटरको दूरीमा पर्छ।

त्यसैगरी लुटपाटका समयमा बैंका गार्ड पिसाब फेर्न जानुलाई संयोग वा अन्य कुनै हुनसक्ने दुबै कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट