‘महाभारत’का शकुनी मामा अस्पताल भर्ना-Sutra News

‘महाभारत’का शकुनी मामा अस्पताल भर्ना

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको हो ।



टेलिभिजन अभिनेत्री टीना घईले गुफीको अवस्था गम्भीर रहेको पुष्टि सामाजिक सञ्जालमार्फत गरेकी छन् । टीनाका अनुसार गुफीको परिवारले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

गुफीले सन् १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गरे । यद्यपि, बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर घर–घरमा पहिचान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट