दरबार हत्याकाण्ड छानबिन गर्न निवेदन-Sutra News

दरबार हत्याकाण्ड छानबिन गर्न निवेदन

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदन दिएका छन् ।



तत्काल राजा वीरेन्द्र शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्य तथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रिय रूपमा समेत धुमिल भएकोले यथाशक्य छिटो दरबार हत्याकाण्डको छानबिन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट