आँगनमा खेलिरहेका २ वर्षीय बालकको मृत्यु-Sutra News

आँगनमा खेलिरहेका २ वर्षीय बालकको मृत्यु

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिंह दहित (चौधरी)को मृत्यु भएको हो ।



आफ्नै घर आँगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्न गई पछाडिको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट