नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको २०७८ को अन्तिम नतिजाले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ । जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।
यस्तै ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।