भारतमा रेल दुर्घटना : २३३ जनाको मृत्यु, नौसय बढी घाइते-Sutra News

भारतमा रेल दुर्घटना : २३३ जनाको मृत्यु, नौसय बढी घाइते

शनिबार, २० जेष्ठ २०८०

शनिबार, २० जेष्ठ २०८०

काठमाडौँ- भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३३ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।



घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट