अभिताभ-जया विवाहको ५० वर्ष पूरा, फ्यान र सेलिब्रेटीले दिए शुभकामना-Sutra News

अभिताभ-जया विवाहको ५० वर्ष पूरा, फ्यान र सेलिब्रेटीले दिए शुभकामना

शनिबार, २० जेष्ठ २०८०

शनिबार, २० जेष्ठ २०८०
अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ । उनीहरू ३ जुन १९७३ मा विवाह बन्धनमा बाँधिएका थिए । सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन् ।
श्वेताले पुरानो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी ५० मम्मी पापा, अब तपाई सुनौलो हुनुहुन्छ । एक पटक आमा र बुबालाई उनीहरूको सफल लामो वैवाहिक जीवनको रहस्य के हो भनेर सोधियो, तब आमाले प्रेमको जवाफ दिनुभयो र सम्भवतः बुबाले भन्नुभयो–पत्नी सधैं सही हुन्छ। मलाई लाग्छ यो सम्बन्धको रहस्य हो।
श्वेताले इन्स्टाग्राममा सेयर गरेको ब्ल्याक एन्ड ह्वाइट तस्बिरमा दुवैजना निकै मासूम र क्यूट देखिएका छन् । विशेष गरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ । श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन् ।
पहिलो भेट कहिले भयो ? 
जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो । त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने सङ्घर्षरत थिए । जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन् । त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए । आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए ।
जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो । जब अमिताभको आँखा पर्‍यो, उनी हेरिरहे । जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे । परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन् । उनीहरूको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट