तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका-Sutra News

तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

शनिबार, २० जेष्ठ २०८०

शनिबार, २० जेष्ठ २०८०

संयुक्त राज्य अमेरिकाले दुई महाशक्ति राष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । 



अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेको तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताएका हुन् । 

अस्टिनले साङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, “विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् । “हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्कट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।”

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि उहाँले यो साता जापानको पनि भ्रमण गरेका थिए । अष्टिनले समझदारी निर्माण गर्न कूटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नेछन्। 

शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिशाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफूलाई दुःख लागेको बताए । 

आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताए । 

चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट