२४ प्रतिशत ब्याजमा २०० करोड ऋण लिएर ‘फिल्म’ निर्माण-Sutra News

२४ प्रतिशत ब्याजमा २०० करोड ऋण लिएर ‘फिल्म’ निर्माण

शनिबार, २० जेष्ठ २०८०

शनिबार, २० जेष्ठ २०८०

फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ ।



फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि २०० करोड ऋण लिएको खुलासा गरेका हुन् । उनका अनुसार राजामौलीले २४ प्रतिशत ब्यामा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए ।

फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका छन् । ‘३/४ वर्षपहिले फिल्म बनाउनका लागि निर्माताहरु आफ्नो घर र सम्पत्ति बैंकमा धितो राखेर ऋण लिन्थे र पैसा बैंकलाई फिर्ता दिएपछि आफ्नो सम्पत्ति पनि फिर्ता लिन्थे । राजामौलीले पनि २४ प्रतिशत व्याज तिर्ने शर्तमा यस्तै ऋण लिएका थिए’ दग्गुबातीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट