राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भवन नयाँ बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुने पनि जनाइएको छ ।
यसअघि पार्टीको सचिवालको वैठक वैशाख १७ गते बसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको पार्टीले जनाएको छ ।