ओडिसामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो-Sutra News

ओडिसामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

ओडिशा- ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे भयानक रेल दुर्घटना भएको थियो, जसमा अहिलेसम्म २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना घाइते भएका छन्।



दुर्घटनामा तीनवटा रेल एक आपसमा ठक्कर खाएका थिए। जसमा कोरोमण्डल एक्सप्रेस (१२८४१ शालीमार (हावडा नजिक) बाट चेन्नई गइरहेको), १२८६४- सर एम. विश्वेश्वरया- हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन (यशवन्तपुर देखि हावडा जाँदै गरेको) र मालगाडी (बहानागा बजार स्टेशनमा उभिएको) छन् । दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा पटरीबाट उछिटिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रेलमन्त्री अश्विनी वैष्णव, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि राहत र उद्धार कार्यको अवलोकन गर्न पुगेका छन्।

यस दर्दनाक दुर्घटनापछि नवीन पटनायकले राज्यमा एक दिने राजकीय शोकको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक किसिमको छानबिनका लागि निर्देशन दिइएको बताउँदै दोषीलाई कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट