असार १५ गते रिलिज हुने सिनेमा ‘परस्त्री’ले आफ्नो हिन्दी संस्करणका लागि रेकर्ड गराएको हिन्दी भाषाको गीत सार्वजनिक गरेको छ।
सिनेमाले ‘होना था जो होने लगा’ बोलको गीत सार्वजनिक गरेको हो।
नेपाली संस्करण ‘माया बस्यो तिमीसँग’ भने केही दिन अगाडि नै रिलिज भइसकेको छ।
हिन्दी सस्करणको गीतमा केके ब्रदर्शको संगीत रहेको छ भने शब्द विनित त्रिपाठीले लेखेका हुन्।
यसैगरी सुरज पाण्डेको निर्देशकीय डेब्यू सिनेमाको यो गीतमा अमित मिश्रा र सोनल प्रधानको युगल स्वर रहेको छ।
सिनेमामा शिल्पा मास्के, कोशिस क्षेत्री तथा गौरव विष्ठको अभिनय रहेको छ।