गायिका समीक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।
सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ‘ए सुवा’ । त्यस्तै प्रेमीकाले प्रेमीलाई ‘ए साई’भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुँमागाईको छायाङ्कन तथा विनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराइलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।