गोली हानाहान हुँदा तीन इजरायली सैनिकको मृत्यु-Sutra News

गोली हानाहान हुँदा तीन इजरायली सैनिकको मृत्यु

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०
इजिप्टका प्रहरी अधिकृतको बर्दी लगाएका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली सेनाका प्रवक्ताले सो घटनाको पुष्टि गरेका छन्।
इजरायली सेनाका अनुसार इजिप्टको सीमामा रहेको सैन्य पोस्टको इजिप्टका प्रहरी अधिकृतको बर्दी लगाएका बन्दुकधारीले शनिबार बिहानै गोली चलाएपछि दुई सैनिकको ज्यान गएको थियो ।
यो घटनापछि फेरि गोली हानाहान भएको थियो । जुन घटनामा एक इजिप्टका प्रहरी अधिकारी र तीनजना इजरायली सैनिकको मृत्यु भएको थियो ।
सुरक्षा बलका एक सदस्यले लागूऔषध तस्करहरूलाई पछ्याउने क्रममा सो घटना भएको एक विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई पीछा गर्ने क्रममा सुरक्षा एजेन्टले सीमा पार गरेका थियो, त्यसपछि गोली हानाहान भएको थियो । सो घटना इजिप्ट–गाजा पट्टी सीमा नजिक, इजरायल र इजिप्ट बीचको नित्जाना र अल अवजा सीमा नजिक भएको हो।
इजरायली सेनाका अनुसार यसरी मारिने सैनिकमा एक महिला पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट