विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सरेको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।
यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।
विपक्षी दलका सांसदहरूले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरूबिच सहमति जुट्न नसकेपछि भोलिका लागि बैठक सरेको हो ।
प्रतिक्रिया दिनुहोस्