नेपाललाई भारतको भैंसी उपहारमा दीपकराजले राँगोको फोटो राख्दै कसे यस्तो व्यंग्य-Sutra News

नेपाललाई भारतको भैंसी उपहारमा दीपकराजले राँगोको फोटो राख्दै कसे यस्तो व्यंग्य

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

चार दिने भ्रमण सकेर नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नेपाल फर्के।



उनको भ्रमण उपलब्धिमुलक भए नभएको देश पक्षविपक्षमा सामाजिक संजाल तातिरहेको छ।

भारत भ्रमणका बेला र नेपाल अवतरण भएपछि प्रचण्डले दिएका अभिब्यक्ति र अन्तरवार्ताले प्रतिपक्ष खुशी छैन्। भारत जानु अघि विधि मिचेर नागरिक्ता सम्बन्धी विधयेक प्रमाणित गरेपछि आक्रोशित प्रतिपक्षले आज संसद अवरुद्ध गरिसकेको छ।

यही मेसोमा अर्को समाचार प्रदाशित भयो- भारतले नश्ल सुधारका लागि १५ वटा मुर्रा भैंसी उपहार दियो।

यो समाचार जसै सार्वजनिक भयो मानिसहरुले सामाजिक संजालमा नाकरिक्तासँग भैंसी साटेको, लिम्पियाधुरासँग साटेको लगायतका आरोप लगाए।

जबकी नश्ल सुधारका लागि यसअघि पनि भारतले नेपाललाई भैंसी दिने गरेको थियो भने निजी स्तरमा पनि नेपाली किसानले भारतबाट मुर्रा भैंसी नेपाल ल्याउने गरेका छन्।

यसरी भैंसी उपहार विवादमा परेपछि नेपाली हास्य कलाकार दिपकराज गिरीले पनि यस

विषयमा सामाजिक संजाल फेसबुकमा ठट्यौली गरेका छन्।

उनले फुर्सदिला भएको कमाल भन्दै राँगाको फोटो सेर गर्दै

‘हुँदाहुँदा मलाईसमेत विवादमा ल्याए भन्दैछ राँगो, भैसी दिए त डाइनोसर कहाँबाट ल्याउनु’ भन्दै लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट