आज शेयर बजार ५३ अंकले उकालो लागेको छ । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेसँगै आज उच्च अङ्कले बढेको हो
आइतबार परिसूचक नेप्से ५३.०३ अङ्कले बढेर १९१९.३७ को विन्दुमा पुगेको छ । आज २७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
कारोबारको हिसाबमा शिवम सिमेन्ट अग्रस्थानमा रह्यो । शिवम् सिमेन्टको शेयर १५ करोड ८१ लाख रुपैयाँ बराबरको किनबेच भयो ।
आज आईजीआई प्रुडेन्सियल इन्सुरेन्स, सामुदायिक लघुवित्त, सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।