कपिल शर्मा भनेपछि यो समय थप परिचयको आवश्यक्त छैन।
हिन्दी भाषी तथा यो भाषा बुझ्ने विश्वभर फैलिएका दक्षिण एशियालीमाझ उनी धेरै लोकप्रिय छन्।
स्टान्डअफ कमेडियन, कलाकार र गायकसमेत रहेका कपिल शर्मा आफ्नो टरलिभिजन शो ‘द कपिल शर्मा शो’का लागि चर्चित छन्।
यो शोले उनलाई नाम तथा दाम दुबै दिएको छ।
भारतमा उनको यो शो सर्वाधिक हेरिने टेलिभिजन कार्यक्रममा पर्छ।
यो सोबाट उनले दर्शकमात्र होइन दाम पनि राम्रै कमाएका छन्। यसबाट हुने कमाइले उनलाई भारतका धनी टेलिभिजन कलाकारको सूचिमा सबैभन्दा माथि राख्छ।
उनले शोसँगै स्टेज शो तथा विज्ञापन प्रायोजनबाट मनग्गे कमाइरहेका छन्।
यस्तोमा उनले हालसम्म कति सम्पति जोडे होलान् त?
सुरु गरौं उनले ‘द कपिल शर्मा शो’बाट ।
सातामा दुई दिन नियमित प्रसारण हुने यो शोबाट उनले प्रति एपिसोड ३०-३५ लाख भारु बुझ्ने गरेको भारतीय संचारमाध्यमहरुको दाबी छ।
यस हिसाबले उनले महिनामा सरदर ३ करोड भारु कमाइ गर्छन्। यस्तै प्रतिविज्ञापन उनले १ करोड भारु लिने गरेका छन्।
नयाँ सिजनमा उनको यो पारिश्रमिक ५० करोड भारु माथि हुने चर्चा छ।
यसैगरी विश्वभर हुने स्टेज शोबाट पनि उनले करोडौं कमाइ गर्ने गरेका छन्।
यी सबै गर्दा उनले वार्षिकरुपमा ३५ करोड भारु बढी कमाइ गर्छन्।
अहिलेको मुल्यांकन अनुसार कपिल झण्डै २ सय ८५ करोड बराबरको सम्पतिका मालिक हुन्।
पछिल्लो पाँच वर्षमा कपिलको सम्पति ३ सय ८० प्रतिशतले बढेको छ।
योसँगै कपिल भारतका सबैभन्दा ठूला व्यक्तिगत करदातासमेत हुन्।
कपिलसँग भारतका विभीन्न शहरहरुमा घरजग्गा च बने उनीसँग विलासी गाडीको संख्या पनि राम्रो छ।