नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश-Sutra News

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०
adalat

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।



न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै तत्काललाई विधेयक प्रमाणीकरण कार्यान्वयन नगर्न आदेश दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलबाट गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण भएको थियो।

राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।उक्त रिटमाथि सर्वोच्चले आइतबार सुनुवाइ गर्दै दुवै पक्षलाई सर्वोच्चले बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट