बलिउडमा कञ्जुसीको मामिलामा चंकी पाण्डेको नाम सँधै अगाडि आउने गर्छ। त्यसबारेका थुप्रै किस्सा बलिउड नगरीमा मसहुर छ।
स्वयं चंकी आफू कञ्जुस भएको स्वीकार्छन्। उनी पैसा जोगाउने र कमाउने कामका लागि हदैसम्मको कञ्जुसी दिमाग प्रयोग गर्ने गर्छन्।
पछिल्लो समयमा चंकीसँगै सैफअलि खानकी छोरी सारा अलि खानको नाम पनि यसमा आउन थालेको छ।
उनले पनि आफू कञ्जुस भएको कुरा सहर्ष स्वीकार गर्छिन्। उनले एक पटक आफ्नी आमा तथा अभिनेत्री अमृता सिंहलाई एउटा टावलका लागि १६ सय भारु तिरेकोमा समेत गाली गरेको बताएकी छन्।
खासमा उनी भ्यानिटी भ्यान सित्तैमा तौलिया पाइने हुँदा १६ सय खर्च गरेर किन नयाँ टावल किनेको भनेर आमालाई गाली गरेकी थिइन्।
पछिल्लो एक अन्तरवार्तामा उनले आफ्नो कञ्जुस बानीको एउटा अर्को उदाहरण दिएकी छन्।
उनले दुबईमा जाँदा इन्टरनेटका लागि लाग्ने ४ सय रुपैयाँ कसरी जोगाइन् भनेर बयान गरेकी छन्।
उनले ४०० रुपैयाँ खर्च नगर्न आफ्नी हेयर ड्रेसरको मोबाइलबाट हटस्पट लिएको खुलासा गरेकी छन्।