‘सकम्बरी’पछि प्रकाशले ल्याउने भए- दमाईं महाराज-Sutra News

‘सकम्बरी’पछि प्रकाशले ल्याउने भए- दमाईं महाराज

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

लोकप्रिय गायक प्रकास सपुतले आफ्नो नयाँ गीत ‘दमाईं महाराज’ हुने घोषणा गरेका छन्।



आइतबार आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी दिएका हुन्। उनलौ आफ्नो यो गीत २०८० साललाई जातिय विभेदविरुद्धको वर्षका रुपमा मनाउने घोषणा गरे अनुरुपको पहिलो काम भनेका छन्।

उनले ‘दमाईं महाराज’ आफूलाई प्रशिद्धि दिलाउने दुई गीत- गलबन्दी र बोल मायाको निरन्तरता भएको बताएका छन्।

‘मेरो करियरका दुई कोशे ढुङगा गल्बन्दि र बोल माया कै अर्को भाग हो – दमाई महाराज । जहिले पनि अर्को भाग आउदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरुका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ’, फेसबुकमा उनले लेखेका छन्।

स्मरण रहोस् आज जेठ २१ गते ‘जातिय भेदभाव तथा छुवाछुत उन्मुल दिवस’ समेत हो।

यस्तो छ सपुतको फेसबुक स्टाटसः

भनेको थिए नि – यो साल २०८० मा मैले ‘जातिय विभेद विरुद्धको वर्ष’ को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु । यसको सुरुवात स्वरुप नया सिर्जनाको टाईटल जुरेको छ – दमाई महाराज !

मेरो करियरका दुई कोशे ढुङगा ‘गलबन्दी’ र ‘बोल माया’कै अर्को भाग हो – दमाईं महाराज । जहिले पनि अर्को भाग आउँदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरुका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ ।

बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो, बोल माया ! संयोगवस अहिले म अरब (दुबई)मा छु र यहि बाट बोल माया भाग -२ को टाईटल अनाउन्स्मेन्ट गर्दै छु।

अर्को संयोग आज जेठ २१ ‘जातिय भेदभाव तथा छुवाछुत उन्मुल दिवस’ । २०२० सालको मुलुकी ऐन र गणतन्त्र स्थापना पछिको नया संविधानले कानुन निर्माण त गरेको छ तर प्रभावकारी कार्यन्वयन छैन । जातिय जरा यति जगडिएको छ कि बलत्कार जस्तो संवेदनशिल विषयलाई पनि जातिय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ ।

बलात्कृत हुनु र जातिय अपमान भोग्नु यी दुबै अत्यन्तै गम्भिर र असह्य कुरा हुन तर जातिय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिदैन ! कस्तो विरोधाभाष निर्माण भैरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ !

‘गलबन्दी – बोलमाया भाग-२’ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ !

प्रतिक्षा गर्नु होला – दमाई महाराज आउँदैहुनुहुन्छ…

May be an image of text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट